सहयाेगकाे खाेलाे बगाउँदै तरुण दलले सिन्धुपाल्चोकमा पीडितको घाउमा मल्हम लगायो (तस्बिर)
बाह्रबिसे । नेपाल तरुण दल सिन्धुपाल्चोकले बाढीपहिरो पीडितहरूलाई त्रिपाल, प्लास्टिक, चामल, नगदसहितको सहयोग गरेको छ ।
तरुण दलका अध्यक्ष दोर्जे लामाद्वारा जारी विज्ञप्तिअनुसार भोटेकोशी र सुनकोशी गाउँपालिकाका बाढीपहिरो पीडितलाई बिहीबार नगदसहितको राहत सामग्री प्रदान गरिएको हो । तरुण दलले व्यक्तिगत रुपमा पीडितहरूलाई सहयोग गरेको छ ।
भोटेकोशी गाउँपालिकाको वडा नम्बर २, ३ र ४ नम्बर वडाहरूमा तरुण दलले राहतका वितरण गरेको छ । वडा नम्बर ४ मा शुक्रबार नगदसहितको राहत सामग्री प्रदान गरिनेछ ।
भोटेकोशी गाउँपालिकाको वडा नम्बर २ मा ७४ परिवारलाई ७४ थान त्रिपाल, ६ सय मिटर प्लास्टिक र ३० किलोको ४० बोरा चामल वितरण गरिएको तरुण अध्यक्ष लामाले जानकारी दिए ।
ड्राइपोर्टमा बस्दै आएका वडा नं. ३ का बाढीपहिरो पीडितलाई नगद, चामलसहितको सहयोग गरिएको छ । ड्राइपोर्टमा बसेका २१ जना बालबालिका र ३ जना सुत्केरी, १६ जना अपाङ्गलाई १९ हजार नगद र हर्लिक्स् प्रदान गरिएको तरुण अध्यक्ष लामाले बताए ।
ड्राइपोर्टमा बसेका पीडितहरूलाई ३५ बोरा चामलसमेत वितरण गरिएको छ ।
भोटेकोशी गाउँपालिकको वडा नं. ४ का पहिरोबाट मृत्यु भएको पाँच जनाको परिवारलाई शुक्रबार प्रदान गर्ने गरी २५ बोरा चामल र ३० हजार नगद रुपियाँ स्थानीय तरुण नेताहरूलाई छाडेर काठमाडौं आएको तरुण अध्यक्ष लामाले बताए । वडा नम्बर ४ मा २५ घरपरिवार बाढीपहिरोबाट विस्थापित भएको छ ।
त्यसैगरी, भोटेकोशी गाउँपालिकाका उपाध्यक्ष एवम् कांग्रेस नेता सार्की शेर्पाको वडा नं. २ मा रहेको घर पहिरोले बगाइदिएको छ । शेर्पालाई तरुण दललले राहत स्वरुप २० हजार रुपियाँ नगद प्रदान गरेको छ ।
तरुण दल सिन्धुपाल्चोकले जम्बुका २६ विस्थापितलाई ९९ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । जम्बुमा ७ जनाको मृत्यु भएको थियो ।
जम्बुका ३५ जनालाई पाँच हजार, २७ परिवारलाई दुई हजार र ९ परिवारलाई पाँच हजारका दरले नगद सहयोग गरिएको तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष लामाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोबाट जनधनको क्षति भएपछि नेपाली कांग्रेस र उसको भ्रातृ संगठनले व्यक्तिगत पहिलमा आर्थिक र खाद्यान्नलगायतका सहयोग गर्दै आएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया