गृह मन्त्रालयका २६ जना सह–सचिवहरूको सरुवा (नाम)

काठमाडौं । सरकारले गृह मन्त्रालय २६ जना सह–सचिवहरूको सरुवा गरेको छ ।

सरुवा हुनेमा मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा पनि रहेका छन् । शर्मालाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, गण्डकी प्रदेश पोखरामा सरुवा गरिएको छ ।

गृह मन्त्रालयका सहसचिव मदन भुजेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय, बागमती प्रदेश हेटौँडा सरुवा गरिएको छ ।

गृह मन्त्रालयका सह–सचिव ज्ञानेन्द्र पौडेल अर्थ मन्त्रालय, गृह मन्त्रालयका सह–सचिव ध्रुवकुमार पोखरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालयका सहसचिव राष्ट्रपति कार्यालय, काठमाडौं, गृह मन्त्रालयका सहसचिव जगनाथ पन्त धनगढी उपमहानगरपालिका, कैलालीमा सरुवा भएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेश पोखराका सह–सचिव किरणराज शर्मालाई संचार तथा सूचना मन्त्रालयमा सरुवा गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेश हटौंडाका सह–सचिव विनोदप्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालय सरुवा गरिएको छ ।

भरतपुर महानगरपालिका, चितवनका सहसचिव प्रेमराज जोशी रक्षा मन्त्रालय, हेटौडा उपमहानगरपालिका, मकवानपुरका सहसविचव राजेश पौडेल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, जितपुर सिमरा उपमहानगरपालिका, बाराका सहसचिव प्रदीपराज अधिकारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सरुवा गरिएको छ ।

Published : Thursday, 2020 July 23, 7:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया