सिन्धुपाल्चोकमा ‘जसपा’का उपाध्यक्षनै दलबलसहित कांग्रेस प्रवेश
चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोकले वीपी कोइरालाको ३८औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ ।
सिन्धुपाल्चोक कांग्रेसले मंंगलबार चौतारामा अन्तरक्रिया कार्यक्रम गरी वीपी जयन्ती मनाएको हो ।
कार्यक्रममा कांग्रेसका नेता तथा कार्याकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।
सिन्धुपाल्चोक कांग्रेसका सभापति विकास लामा, पूर्व सभापति भुपेन्द्र थापा, इन्द्रावती गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेसका नेता वंशलाल तामाङ लगायतले वीपी कोइरालाको योगदानको बारेमा चर्चा गरेका छन् ।
उनीहरूले वीपीले देखाएको बाटो र सिद्धान्तमा कांग्रेसका कार्यकर्ताहरू एकजुट भएर लाग्नुपर्ने बताएको सिन्धुपाल्चोक कांग्रेसका सह–सचिव अनुप न्यौपानेले जानकारी दिए ।
सिन्धुपाल्चोक कांग्रेसका सचिव बिलबहादुर तामाङले सञ्चालन गरेको कार्यक्रममा उप–सभापति शिव सुनारले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा मगर संघ सिन्धुपाल्चोकका सचिव श्याम थापा मगरले चौतारामा बन्दै गरेको वीपी अध्ययन केन्द्र भवन निर्माणका लागि १० हजार सहयोग गरेका छन् ।
यसैबीच, वीपी स्मृति दिवसका दिन जनता समाजवादी पार्टी सिन्धुपाल्चोक जिल्ला उपाध्यक्ष अमर तामाङसहित ९ जना स्थानीय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई सिन्धुपाल्चोक कांग्रेसका सभापति लामाले पार्टी सदस्यता प्रदान गरेर कांग्रेसमा भित्र्याएको सह–सचिव न्यौपानेले जानकारी दिएका छन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया