कालीगण्डकीद्वारा राममन्दिरमा क्षति, कांग्रेस युवा नेताद्वारा संरक्षणको आश्वासन, राहत प्रदान
पर्वत । नेपाली कांग्रेस पर्वतका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले कालीगण्डकी नदीमा आएको बाढीले कालीगण्डकी र रघुगंगा नदीको दोभानमा रहेको राममन्दिरमा पु¥याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
कांग्रेसका युवा नेता मल्लले मंगलबार बाढी र कटानले क्षतिग्रस्त मन्दिर क्षेत्रको अवलोकन गरेका छन् । अवलोकनपछि मल्लले जलजला गाउँपालिकाको तर्फबाट साधुसन्तहरूलाई राहत वितरण गरेका छन् ।
उनले नदीको बहाब घटेपछि संरक्षणका कामहरू गरिने आश्वासन दिएका छन् ।
मन्दिर क्षेत्रलाई संरक्षण गर्नका लागि दीर्घकालीन गुरुयोजना बनाएर अघिबढ्ने अध्यक्ष मल्लले बताए ।
‘केन्द्र र प्रदेश सरकारसंग पनि सहयोग जुटाएर राममन्दिर संरक्षण गर्ने योजना बनाएका छौँ’, उनले भनेका छन् ।
बाढीले कटान गरेर मन्दिरको गौशाला, धर्मशाला र शालीग्राम शिलाको स्तम्भ समेत बगाएको वडा नम्बर २ का वडाअध्यक्ष गोबिन्द खत्रीले जानकारी दिएका छन् ।
मन्दिर क्षेत्रमा कालीगण्डकी नदीले कटान जारी राखेको छ । मन्दिर, पुजारी निवास र गलेश्वरदेखि राममन्दिर जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ ।
राष्ट्रिय परोपकार महासंघद्धारा संरक्षित राममन्दिर क्षेत्रमा करोडौँ सहयोग जुटाएर निर्माण गरिएका भौतिक संरचना बाढीले क्षति पु¥याएको खत्रीले बताए ।
गौशाला र धर्मशाला भत्किएपछि साधुसन्तलाई म्याग्दीतर्फ रहेको गलेश्वर आश्रममा लगेर राखिएको छ ।
राममन्दिरमा नियमित रुपमा ८ जना साधुसन्त बस्दै आएका छन् । आगन्तुकको रुपमा मुक्तिनाथ आवतजावत गर्ने साधुसन्त बसोबास गर्दै आएका छन् ।
साधुसन्त र गाईलाई गलेश्वर आश्रममा सारिएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताएका छन् ।
‘तत्कालका लागि गलेश्वर आश्रममा राखिएको छ’, शर्माले भने, ‘जलजला गाउँपालिकाको तर्फबाट केही राहत पनि दिने काम गरेका छौँ ।’

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया