रौतहटमा ११ लाखसहित एक जना पक्राउ

रौतहट । रौतहट जिल्लाको ईशनाथ नगरपालिका–४ स्थितबाट श्रोत नखुलेको नगद ११ लाख रुपियाँसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ईशनाथ नगरपालिका–४ बस्ने १९ वर्षीय पवन कुमार सिन्हारहेको प्रहरीले जनाएको छ । सिन्हालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले नेपाल भारतको सिमाना नजिक मठिया महुलियातर्फ आउँदै गरेका साइकलमा सवार उनलाई जाँच गर्दा उनको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको थियो ।

साथै उक्त साइकलबाट पशु आहाराको बोरा १ थान, कापी ३ पिस, खाने तेल ४ लिटर र खरि १ किलो समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Tuesday, 2020 July 21, 11:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया