काठमाडौं उपत्यकामा ३ सहित १५६ जनामा कोरोना, ५८ जना निको

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार देशभर १ सय ५६ जना कोरोना भाइरसका संक्रमित भेटिएको जनाएको छ ।

आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा १ र ललितपुरमा २ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको जानकारी दिए । उनले काठमाडौं उपत्यकासहित देशभरि २४ घण्टामा १५६ जनामा कोरोना पुष्टि भएको बताए ।

मुलुकभर हालसम्म १७ हजार ६ सय ५८ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ५८ जना कोरोनामुक्त भएका छन् ।

हालसम्म ११ हजार ६ सय ९५ जना कोरोनाबाट निको भएका छन् । मृतक ४० जनामा कोरोना पुष्टि भएको छ ।

Published : Sunday, 2020 July 19, 4:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया