कांग्रेस प्रवक्ता एवम् अध्यक्ष कार्कीलाई छुरा प्रहार, विराटनगरमा उपचार हुँदै

विराटनगर । मोरङ जिल्लाको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि छुरा प्रहार भएको छ ।

शुक्रबार कार्यालयमा पटके कर ठेक्का लिएका स्थानीय भवन मल्ल ठकुरीले खुकुरी प्रहार गरेका हुन् ।

गम्भीर घाइते कार्कीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएको छ । कार्कीको गर्धन र हातमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्न ठकुरीलाई पक्राउ गरिएको जनाएको छ ।

प्रवक्ता डीएसपी मानबहादुर राईले कार्कीलाई चिकित्सकको निगरानीमा उपचार शुरु गरिएको जानकारी दिए ।

घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको राईले बताएका छन् ।

नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाले कार्कीलाई नोबेल अस्पतालमा उपचार शुरु गरिएको जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०७६–७७असार मसान्तसम्म गाउँपालिकाको पटके करको ठेक्का लिएका ठकुरी साउन १ गतेदेखि गाउँपालिका आफैंले कर उठाउन थालेको झोंकमा गाउँपालिका कार्यालय पुगेर आक्रमण गरेको कोइरालाले बताए ।

गाउँपालिकाका अध्यक्ष कार्की मोरङ कांग्रेसका प्रवक्ता पनि हुन् ।

सचिव कार्कीले आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्ने मागसहित प्रहरी र स् थानीय प्रशासनको ध्यानाकर्षण गरिएको बताएका छन् ।

Published : Friday, 2020 July 17, 5:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया