जनताकाे दुःख नदेख्ने यी लाेभी कम्युनिस्टलाई लखेट्ने दिन आउँदै छः कांग्रेस नेता खतिवडा
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले पार्टीभित्रको आन्तरिक विवादमा नेकपा रुमल्लिँदा जनताले दुःख पाएको बताएका छन् ।
शुक्रबार बिहान ट्वीट गर्दै खतिवडाले प्रधानमन्त्री खड्गप्रसाद ओलीसहित नेकपाका नेताहरू सत्ताको खेलमा लागेका कारण जनताको आधारभूत कुरामा समेत ध्यान दिन नसकेको बताए । उनले प्रधानमन्त्री ओली र नेकपाका नेताहरू देश र जनताका विरुद्धमा मात्रै लागेको आरोप लगाए ।
कांग्रेसका युवा नेता खतिवडाले भने, ‘आफू र पद केन्द्रित देश र जनता बिरोधी मात्रै छलफल भयो । यो मिल्दै मिल्दैन ।’ यस्तै अवस्था रह्याे भने नेकपा र सत्तामा रहेकाहरूलाई जनताले लखेट्ने दिन आउन सक्ने उनले चेतावनी दिए ।
‘नेकपाको विवाद दुई अध्यक्षबाट मिलेन, त्यसमा माधव नेपाल समेत भए मिलेन’, उनले भने, ‘९ सचिवालय पुग्यो मिलेन, ४५ स्थायी समितिमा नि मिलेन, अब ५०० केन्द्रीय कमिटीमा जाने रे, अझै मिल्दैन ! अनि कहाँ जाने ?’
कांग्रेसका नेता खतिवडाले खड्गप्रसाद ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपालसहितका नेकपाका नेताहरूलाई जनताले दिएको जनमतको कदर गर्न सुझाव दिएका छन् ।
जनताले पाँच वर्ष सरकार चलाउन दिएको निर्देशनलाई नेकपा र त्यसका नेताहरूले आफू केन्द्रित राजनीति गरेका कारण कोरोना र बाढीपहिरोबाट जनता समस्यामा पर्दा समेत उचित व्यवस्थापन गर्न नसकेको बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया