देउवाका सभापतिमाथि पौडेल–कोइराला समूहद्वारा ‘कु’, अमेरिकामा पनि देखियो गुटको प्रभाव

काठमाडौं । असन्तुष्ट समूहले नेपाली कांग्रेस निकटको नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख विष्ट ‘आनन्द’लाई बर्खास्थ गरेको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला निकट मानिने समूहले सभापति शेरबहादुर देउवा निकट मानिने समितिका सभापति विष्टमाथि ‘कु’ गर्दै बर्खास्थ गरेका हुन् ।

कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीका भाई धनञ्जय नरसिंह केसीलगायतको समूहले विष्टलाई अध्यक्षबाट हटाएको हो । केसी समूहले विष्टलाई सभापतिबाट बर्खास्थ गरेसँग कांग्रेस निकटको समिति अमेरिकामा दुई फ्याक भएको छ ।

विष्टलाई सभापतिबाट हटाएर असन्तुष्ट समूहले केसीको नेतृत्वमा नयाँ कार्यसमिति बनाइएको छ ।

उता, समितिका सभापति विष्ट र महासचिव मुनिन्द्र नेम्वाङले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर कुनै पनि भ्रममा नपर्न अपील गरेका छन् ।

विष्ट र नेम्वाङले केसी समूहको गतिविधि र हर्कतलाई सिधै खारेज गरिदिएका छन् । उनीहरूले कांग्रेस निकटको अमेरिकाको जनसम्पर्क समितिका सदस्य तथा शुभेच्छुकहरूलाई बिचलित नभइ बस्न भनेका हुन् ।

सभापति विष्ट कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत भएकाले विधान बमोजिम समितिको सभापति पद स्वतः रिक्त भएको केसी समूहको दाबी छ ।

जुलाई १२, २०२० का दिनको भेलाले कार्यसमिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सभापतिमा धनञ्जय नरसिंह केसी, वरिष्ठ उप–सभापति डा.हेम चटौत, उप–सभापतिहरू ईश्वर सापकोटा, सागर कँडेल, अनन्तराज सुवेदी, प्रतीक पाण्डे रहेका छन् ।

महासचिव सुभाष घिमिरे, दुई वटा सचिवमा मुक्ति पन्त र खड्ग उप्रेती, कोषाध्यक्षमा क्रान्ति अर्याल रहेका छन् ।

सदस्यहरूमा प्रमोद सिटौला, जगन्नाथ गौतम, राम मिश्र, नेत्र केसी, प्रभात सापकोटा, लक्ष्मी त्रिखत्री परियार, भेषबहादुर कँडेल, डा. अम्बरबाबु भण्डारी, ईन्द्र सिटौला, हरिराज खनाल, विकास थापा, निर्मल थापा, सुरेश हमाल ‘बेग’, श्रीराम थापा, अनुप अधिकारी, सुमन आचार्य, दीपकराज पन्त, रामकृष्ण भट्ट, राज ढुंगाना, अर्जुन बम, शशिचन्द्र अधिकारी रहेका छन् ।

सल्लाहकारमा विष्णु सुवेदी, रबिना थापा, कृष्ण लामिछाने, भक्त थापा, प्रियरञ्जन दाहाल, अमृत सापकोटा नियुक्त भएका छन् ।

नेपाली कांग्रेसभित्र वरिष्ठ नेता पौडेल र महामन्त्री डा.कोइरालाले सभापति देउवाको विरोध गरेर गतिविधिहरू गरिरहेका बेला अमेरिकामा समेत त्यसको प्रभाव परेको छ ।

Published : Thursday, 2020 July 16, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया