दाङकी लक्ष्मी मगरलाई उपचार खर्च अभाव, सहयोगको अपील
घोराही । दाङ जिल्लाको घोराही उपमहानगरपालिकाकी एक महिला टाउकोमा ट्युमर र फाेक्साेकाे क्यान्सर रोगबाट पीडित बनेकी छिन् ।
घोराहीमा बस्दै आएकी करीव ५५ वर्षीय लक्ष्मी घर्ती मगरको टाउकोमा ट्युमरको समस्या रहेको आफन्तले बताएका छन् । टाउकोमा गम्भीर समस्या भएपछि चिकित्सकहरूले शल्यक्रिया गर्न सुझाव दिएका छन् । पैसा नभएपछि लक्ष्मीको शल्यक्रिया हुन सकेको छैन ।
उनको फोक्सोमा समेत समस्या भएको छ । लक्ष्मीलाई उपचार खर्च अभाव भएको उनका भाई मानबहादुर घर्ती मगरले बताएका छन् । मानबहादुरले आफ्नी दिदीको उपचार चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा गरिएको बताए ।
चिकित्सकहरूले राम्रोसँग उपचार गरिदिएको मगरले बताएका छन् । ‘उपचार लामो समयसम्म गर्नुपर्छ’, उनले भने, ‘आर्थिक अभावले समयमा शल्यक्रिया र उपचार गराउन सकेका छैनौँ । औषधि खुवाउनै समस्या भएको छ ।’
मगरले आफ्नी दिदीको उपचारकका लागि सहयोगको अपील गरेका छन् । उनले ९८०६२८६८७७ मा सम्पर्क गरेर सहयोग गर्न सकिने बताएका छन् ।
मलेसियामा रहेकी उनकी छोरी अमीलाई पनि ६०१८७७१२५७१ मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिने मगरले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया