करौडौँ घोटाला प्रकरणमा उपप्रधानमन्त्री पोखरेल, कांग्रेस नेतृत्वको समितिले बोलायो बयानमा
काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा मुछिएपछि कम्युनिस्ट सरकारका उप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई बयानका लागि बोलाएको छ ।
मंगलबार बसेको लेखा समितिको बैठकपछि उपप्रधानमन्त्री पोखरेललाई बयानका लागि बोलाउने निर्णय गरेको हो । पोखरेलकै निर्देशनमा कोरोनाविरुद्धको स्वास्थ्य सामग्रीहरू प्रक्रिया मिचेर खरिद गरेको पाइएपछि धेरै ठूला रहस्यहरू बाहिरिएको छ ।
स्वास्थ्य सामग्री खरिद प्रकरणको घोटालामा पोखरेललाई तत्कालीन स्वास्थ्य सचिव यादव कोइराला र तत्कालीन महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठले मुछेपछि बयानका लागि बोलाइएको समितिले जनाएको छ ।
चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्रीमा करोडौँको घोटाला भएपछि लेखा समितिले छानविन शुरु गरेको थियो ।
लेखा समितिले स्वास्थ्य सामग्री घोटालाका दोषीलाई कुनै पनि हालतमा नछाड्ने जनाएको छ ।
लेखा समितिलाई प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नेतृत्व गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया