कांग्रेसले महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्यो, यस्तो बन्यो कार्यसूची
काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशन तोकिएको समयमा गर्ने निर्णय गर्दै कार्यतालिकामा हेरफेर गरेको छ ।
सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ०७७ फागुन ७, ८, ९ र १० गतेका लागि पूर्व निर्धारित चौधौं महाधिवेशनको मिति कायम राख्ने निर्णय गरेको हो ।
बैठकले समायोजन, कृयाशील सदस्यता वितरण र अधिवेशनका कार्यतालिका हेरफेर गरि निर्धारण गरेको छ ।
समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नुपर्ने अन्तिम अवधि ०७७ साउन १० गतेभित्रको समय तोकिएको छ ।
विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि असार २५ गतेदेखि साउन मसान्तसम्म तोकिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि ०७७ भदौ मसान्तसम्म तोकिएको छ ।
नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नवीकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि २०७७ असोज १५ गतेभित्र तोकिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि ०७७ असोज मसान्तभित्र तोकिएको छ ।
क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी, पुनरावेदन दिइसक्नु पर्ने अवधि ०७७ कातिक मसान्तभित्र गरिसक्नुपर्नेछ ।
उजुरी, पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि ०७७ मंसिर १५ गतेभित्र गर्नुपर्नेछ ।
कांग्रेसले नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नवीकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि ०७७ मंसिर २५ गतेभित्र ताकिएको छ ।
केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि ०७७ मंसिर मसान्तभित्र तोकिएको छ ।
कांग्रेसले गाउँ, नगर वडा अधिवेशन– २०७७ पुस ६ गते गर्न निर्देशन दिएको छ ।
गाउँ, नगरपालिका अधिवेशन– २०७७ पुस ८ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ पुस ११ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ पुस १३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ पुस १६ गते गर्नुपर्नेछ ।
प्रदेश अधिवेशन– २०७७ माघ ६ गते तथा केन्द्रीय महाधिवेशन २०७७ फागुन ७, ८, ९ र १० गते काठमाडौंमा गर्ने कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया