सँगै प्रदर्शनमा उत्रिएका ओली–दाहालका समर्थकबीच भक्कुराभक्कुर
धनगढी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरू केन्द्रमा प्रधानमन्त्रीको कुर्सीलाई लिएर भनाभन भइ पार्टीनै विभाजनको संघारमा पुगेका बेला कैलाली जिल्लामा सोही पार्टीका नेता तथा कार्यकर्ताबीच कुटाकुट भएको छ ।
शीर्ष नेताहरूका बीच विवाद चुलिएका बेला कैलालीमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओली र नेकपाकै दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कार्यकर्ताबीच झडप भएको हो ।
सोमबार साँझ ५ बजे लम्की चोकमा सचेत नागरिक समाजको नाममा ओलीका समर्थक नेकपाका कार्यकर्ताले ओलीको पक्षमा कार्यक्रम आयोजना गरेका थिए ।
सोही क्रममा कार्यक्रममा सहभागी दुवै पक्षबीच भएको विवाद हात हालाहालसम्म पुगेको थियो ।
ओलीका समर्थकले ‘हामीलाई प्रचण्डको एकएक हर्कत थाहा छ’ भन्दै भाषण गरेपछि विवाद शुरु भएको थियो ।
सचेत नागरीक समाजको तर्फबाट ओली पक्ष निकट मानिदै आएका आफूलाई पत्रकार भन्ने सम थापाले प्रधानमन्त्री ओलीको बचाउ गर्दै गरेको भाषण गरेका थिए ।
लगत्तै बोल्न माईक समाएका लम्कीचुहा नेकपाका नेता नरबहादुर खड्काले ओलीको बचाउमा प्रचण्डले बकम्फुसे कुरा गरेको आरोप लगाएका थिए ।
त्यसपछि प्रचण्ड निकटका केही युवाहरू खड्कामाथि खनिएका थिए । ओली र प्रचण्डका कार्यकर्ताबीच कुटाकुट र हानाहान भएको थियो । उनीहरूका बीच भक्कुराभक्कुर भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
झडप शुरु भएपछि प्रहरीको टोलीले उक्त झडप साम्य पारेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया