कांग्रेसको शरणमा आइपुगे कम्युनिस्टहरू, ओलीको प्रस्तावले नेकपाभित्र खैलाबैला
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भेटवार्ता गरेका छन् ।
सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा आइतबार भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा परामर्श भएको हो ।
नेम्वाङले प्रमुख विपक्षी दलको नेतासँग सत्तारुढ दलका उपनेताले भेट्नुलाई कुनै आशंकाले हेर्न नहुने बताए । उनले सभापति देउवासँग संवैधानिक निकायदेखि विभिन्न विषयमा कुराकानी भएको बताए ।
प्रधानमन्त्री ओलीका विश्वासपात्रका रुपमा चिनिएका नेम्वाङले देउवालाई भेट्नुमा ठूलै अर्थ रहेको चर्चा छ । नेम्वाङले कांग्रेससँग मिलेर जाने र सहयोगको अपेक्षा लिएको हुन सक्ने स्रोतको भनाइ छ ।
स्रोतका अनुसार नेम्वाङले प्रधानमन्त्री खड्गप्रसाद ओलीको सन्देश सुनाउन देउवालाई भेटेका हुन् ।
नेकपाभित्रबाट ओलीको राजीनामा माग गरिएको छ । नेकपा फुटको संघारमा रहेका बेला नेम्वाङले ओलीको सन्देश देउवालाई के सुनाए भन्ने कुरा बाहिर आएको छैन ।
यसअघि, ओलीले देउवालाई बिहीबार बालुवाटारमै बोलाएर परामर्श गरेका थिए । ओलीका दूतले देउवालाई आइतबार भेटेपछि नेकपाभित्र असन्तुष्ट समूह चिन्तित बनेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया