खुट्टा कमाउँदै शीतल निवास पुगे दाहाल–नेपाल–खनाल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका तीन शीर्ष नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

राष्ट्रपति भण्डारीलाई आइतबार बिहान दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले संयुक्त रुपमा भेटेर महाभियोग आफूले लगाउन कुनै छलफल नगरिएको स्पष्टीकरण दिएका हुन् ।

उनीहरूले भण्डारीमाथि महाअभियोग लगाउने कुनै योजना नभएको बताएका छन् ।

दाहाल, नेपाल र खनालले राष्ट्रपतिमाथि महाअभियोग लगाउने कुनै योजना नरहेको बताएका छन् ।

उनीहरूले महाअभियोगको कुरा बालुवाटारबाटै फैलाइएको अफवाह भएको राष्ट्रपतिलाई भनेको स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीसँग असन्तुष्ट नेताहरू दाहाल, नेपाल र खनालले प्रधानमन्त्री ओलीले चाल्ने असंवैधानिक कदमलाई साथ नदिन आग्रह गरेका छन् ।

राष्ट्रपतिलाई महाभियोग लगाएर हटाउन दाहाल, नेपाल र खनाल लागेको ओलीले शनिबार बालुवाटारमा मन्त्रीहरूलाई भनेका थिए ।

भण्डारीलाई हटाएर दाहालसहितका नेताहरूले वरिष्ठ नेता खनाललाई राष्ट्रपति बनाउन गृहकार्य गरेको समाचार बाहिर आएको थियो ।

Published : Sunday, 2020 July 5, 1:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया