कम्युनिस्ट पहिला आफू बाँच्न यसाे गर्छन्, कांग्रेसले पहिला जनता बचाउँछ, सांसदकाे घाँटीमा बुटी
ओखलढुंगा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार कोरोनाबाट बच्न कोरोना रिमुभिङ कार्ड अर्थात ‘बुटी’ लगाएर ओखलढुंगामा छमछमी हिँडेका छन् ।
आफ्नो दलका नेता तथा कार्यकर्ताहरूसँग सांसद सुनुवार ‘बुटी’ लगाएर निर्धक्कका साथ हिँडेका हुन् । त्यो बुटी सांसद सुनुवारले मात्रै लगाएका छन् ।
उनले जनता मरेपनि मरुन् तर आफू सुरक्षित हुने बहानामा मास्कविनै ‘बुटी’ लगार सडक अनुगमनमा निस्किएका थिए । यो ‘बुटी’लाई लिएर विरोध भइरहेको छ । सांसद सुनुवारले ओखलढुंगाका जनतालाई भ्रममा पार्न कोरोनाको औषधि पत्ता नलागेको अवस्थामा ‘बुटी’ लगाएर भ्रम फैलाएको भन्दै आलोचना समेत भएको छ ।
आफ्नै दल नेकपाको झण्डै दुईतिहाइको बहुमतको कम्युनिस्ट सरकार हुँदा पनि ओखलढुंगा जिल्लामा बजेटहरू लैजान नसकेको भनेर सांसद सुनुवारको आलोचना हुँदै आएको छ ।
पूर्वमाओवादी नेता र पूर्वएमालेकै नेताहरूले सांसद सुनुवारले कामै गर्न नसकेको भनेर असन्तुष्टि जनाउँदै आएका छन् ।
कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि कम्युनिस्ट सांसद सुनुवारले ‘बुटी’ लगाएर मोलुङ–एकवार सडकको अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले सरकारी कार्यालयका हाकिमहरूलाई पनि लिएर गएका थिए ।
मोलुङ–एकवार सडकमा आवश्यक पर्ने थप बजेट पार्न सुनुवारले नसकेको आरोप छ ।
यो सडकका लागि ०७० सालमा कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेला बजेट छुट्याइएको थियो ।
त्यसपछि कम्युनिस्ट सांसद सुनुवारले बजेट नै ल्याउन नसकेपछि सडक अलपत्र जस्तै छ ।
बरु नेपाली कांग्रेसका पूर्वसांसद एवम् युवा नेता रामहरि खतिवडाले ओखलढुंगा जिल्लाका धेरै स्थानमा बजेट पार्न लगाएका छन् । खतिवडाले साँघुटार–घोराखोरी–ओखलढुंगा सडकमा ७५ करोडको बजेट छुट्याउन लगाएर टेण्डर भएर पनि धमाधम काम भइरहेको छ ।
कम्युनिस्ट सांसद सुनुवारलाई अरु कसैले ल्याएको बजेट, कार्यक्रम र आयोजनाहरूको उद्घाटन तथा अनुगमन गर्न अत्यन्र्त रुचि भएको भनेर ब्याङ्ग्य गर्ने गरिन्छ । कांग्रेसका नेता एवम् पूर्वसांसद खतिवडा उद्घाटन र अनुगमनमा भन्दा पनि काम गर्नेतिर ध्यान दिने गरेको स्थानीयहरूको भनाइ छ ।
सिद्धिचरण नगरपालिकाको सरकारी गाडी दुरुपयोग गर्दै आएको आरोप लाग्दै आएका कम्युनिस्ट सांसद सुनुवारले यस पटक पनि नगरपालिकाकै सरकारी गाडी चढेर दुरुपयोग गरेको चर्चा छ ।
बिगतमा ओखलढुंगाकी प्रमुख जिल्ला अधिकारी मोनिका न्यौपानेलाई खिजी फलाटेको कार्यक्रममा सार्वजनिक भाषणमै कम्युनिस्ट सांसद सुनुवारले ‘माता’ भनेर सम्बोधन गरेर बढाइचढाइ गरेपछि आलोचित हुनु परेको थियो ।
कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगाका जनतालाई कोरोना भाइरसको संक्रमणबाट बचाउन आफै स्वास्थ्य सामग्रीहरू बोकेर दिँदै आएका छन् ।
कम्युनिस्ट सांसद सुनुवारले जनता कोरोनाले मरे पनि मरुन् तर आफू कोरोनाबाट बच्नका लागि ‘बुटी’ लगाएर हिँडेका छन् । सांसद सुनुवारले त्यो ‘बुटी’ले काम गर्छ भने आफ्ना जिल्लाबासी र मतदाताहरूलाई पनि दिनुपर्ने थियो । उनले जनतालाई ‘बुटी’ दिएनन् । आफू एक्लैले लगाएर छाती फुलाउँदै हिडेका छन् ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया