संयुक्त राष्ट्रसंघको गाडीभित्र सेक्स, सार्वजनिक भयाे भिडियो
न्युयोर्क । संयुक्त राष्ट्रसंघले इजरायलमा आफ्ना एक आधिकारीको कारमा भएको सेक्स फुटेजको छानविन गर्ने जनाएको छ ।
सो घटनालाई लिएर राष्ट्रसंघले गम्भीर आपत्ति जनाएको छ । यो घटना अति चिन्ताजनक रहेको राष्ट्रसंघले उल्लेख गरेको छ ।
हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा संयुक्त राष्ट्रसंघको आधिकारिक गाडीको पछाडिको सिटमा रातो लुगा लगाएकी महिला र पुरुषले यौन सम्पर्क गरिरहेको देखिएको छ ।
इजरायलको तेल अविवको समुद्री किनारको सडकमा गाडीभित्र सो सेक्स भिडियो बनाइएको छ ।
घटनाको छानबिन भइरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । भिडियोमा देखिएका मानिसको पहिचान गर्ने काम भइरहेको पनि युएनले उल्लेख गरेको छ ।
भिडियोमा देखिएका व्यक्ति इजरायलमा शान्ति स्थापनार्थ खटिएका व्यक्ति हुन सक्ने जनाइएको छ ।
भिडियोमा गाडीको अगाडिको सिटमा रहेका एक व्यक्ति मुन्टो निहुराएर बसेको देखिएको छ । ड्राइभरले गाडी चलाएको भने देखिँदैन ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टीफन डुजारिकले १८ सेकेण्डको सोभिडयोलाई ‘विभत्स’ भनेका छन् ।
‘युएनकै कर्मचारी यस्तो गर्छन् भने हामी जुन दुर्व्यवहारविरुद्ध लडिरहेका छौँ त्यसको कुनै अर्थ रहँदैन’, उनले भने, ‘यस्तो अवस्थामा सबै कुरा हामीविरुद्ध नै जान्छ ।’
यौनसम्बन्ध दुवै व्यक्तिको मञ्जुरीमा भएको थियो वा अरु केही भन्नेबारे पनि अनुसन्धान भइरहेको प्रवक्ता डुजारिकले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया