नेपाल सरकारका २२ उप–सचिवहरूको सह–सचिवमा बढुवा (नाम)

काठमाडौं । लोकसेवा आयोगले २२ जना उप–सचिवहरूलाई सह–सचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

आयोगद्वारा शुक्रबार सार्वजनिक भएको सूचनामा लिखित र अन्तर्वार्तामा उत्तीर्ण २२ जना उप–सचिवहरूलाई सह–सचिवमा बढुवाका लागि सिफारिस गरिएको जनाइएको छ ।

आयोगले २२ पद पदका लागि लिखित र अन्तर्वार्ता लिएको थियो ।

२८ जना सह–सचिवले लिखितमा नाम निकालेका थिए । अन्तर्वार्तामा २७ जना उप–सचिवहरू सहभागी भएका थिए ।

‘नेपाल प्रशासन सेवा, रा.प.प्रथम श्रेणी (अप्रा) सह–सचिव वा सो सरह पदको लिखित पदमा २२ जनाको अन्तर्वार्ता सञ्चालन भएकोमा अन्तर्वार्तामा २७ जना उपस्थित भएका थिए’, आयोगद्वारा जारी सूचनामा भनिएको छ ।

अन्तर्वार्ता असार २ गतेदेखि १२ गतेसम्म भएको थियो । आयोगले पाँच जनालाई वैकल्पिक योग्यतामा राखेको जनाएको छ ।

Published : Friday, 2020 June 26, 4:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया