कम्युनिस्टहरूको भ्रष्टाचारविरुद्ध काठमाडौंमा तरुण दलद्वारा प्रदर्शन

काठमाडौं । नेपाल तरुण दल काठमाडौं वडा नम्बर चारका तरुणहरूले कम्युनिस्ट वडाध्यक्षको भ्रष्टाचार र ज्यादतीको विरोधमा प्रदर्शन गरेका छन् ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ का कम्युनिस्ट वडाध्यक्ष मोहनबहादुर विष्टसहितका जनप्रतिनिधि र कर्मचारीहरूले स्थानीय ९६ वर्षीया वृद्ध महिलाको वृद्ध भत्ता किर्ते गरेर निकासा गरी गायब बनाइदिएपछि तरुणहरूले बुधबार प्रदर्शन गरेका हुन् ।

तरुणहरूले वडामा भएको सबै भ्रष्टाचार र अनियमितताको विरोध गरेका छन् । उनीहरूले कम्युनिस्टहरूको ज्यादती बढ्दै गयो भने कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

वडा कार्यालय अगाडि जम्मा भएका तरुणहरूले भ्रष्टाचारीलाई कारबाहीको माग गरेका छन् । वडाध्यक्षको दवावमा पक्राउ परेका वृद्ध महिलाका दुई जना आफन्त सुमन लिम्बु र सुजन गुरुङलाई रिहाइ गर्न पनि माग गरेका छन् ।

उनीहरूलाई वडाध्यक्षले झुठा मुद्धा लगाएर थुनाएको आरोप लगाएका छन् ।

कम्युनिस्ट वडाध्यक्ष विष्टले राजनीतिक पावर र सत्ताको आडमा दुई जनालाई पक्राउ गरेपछि कांग्रेस र तरुणहरूले विरोध गर्दै आएका छन् ।

Published : Wednesday, 2020 June 24, 3:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया