ओलीलाई पाँच करोडको गाडी, कांग्रेसले माग्यो कम्युनिस्ट सरकारसँग जवाफ
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.मीनेन्द्र रिजालले कोरोना महामारीका बेला कम्युनिस्ट सरकारका प्रधानमन्त्रीका लागि गाडी खरिद प्रक्रिया अगाडि बढाएको भन्दै गृहमन्त्रीको जवाफ मागेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै डा.रिजालले प्रधानमन्त्रीका लागि सुरक्षा सर्भिलेन्ससहित ५ करोड मूल्यको गाडी खरिद प्रक्रिया अगाडि बढेकोमा गृहमन्त्रीको जवाफ मागेका हुन् ।
डा.रिजालले गाडी खरिद प्रक्रिया फागुनदेखि रोकिएकोमा हालै नेपाल प्रहरीले अगाडि बढाएको समाचार आएको बताए ।
‘असार ३ देखि नेपाल प्रहरीले गाडि खरिद प्रक्रिया अगाडि बढाएको खबर आएको छ’, उनले प्रश्न गर्दै भने, ‘गृहमन्त्रीजी के यो साँचो हो ?’
कांग्रेसका सांसद डा.रिजालले बजेट खर्च गर्ने ठाउँ नपाएर गाडी खरिद गर्न लागेको हो भन्दै प्रश्न गरेका छन् ।
‘कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलताको उद्घोष पत्याएर बजेट खर्च गर्ने ठाउँ नपाइएला भन्ने डरले उल्फाको धनझैं फलुज खर्च गर्न सरकारी तयारी हो ?’, उनले भने, ‘यो जवाफ पाउँ ।’
डा.रिजालले चिनियाँ कम्युनिष्ट पार्टीले हालै सत्तारूढ नेकपालाई दिएको आन्तरिक प्रशिक्षणबारे पनि संसदमा प्रश्न उठाएका छन् ।
‘उत्तर छिमेकको दलको नेपालमा सत्तारूढ दललाई आन्तरिक प्रशिक्षण दिने, आन्तरिक झगडा र सत्ता संतुलन मिलाउन लाग्ने काम उत्तिकै उपाच्य छ’, डा.रिजालले भनेका छन्, ‘यसमा सत्तारूढ दलको ध्यान जाओस् ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया