घोराहीका वडाध्यक्षलाई कोरोनाको संक्रमण
घोराही । दाङको घोराही उपमहानगरपालिकामा एकजना वडाध्यक्षसहित १३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
घोराही उपमहानगरपालिकाको एउटा वडाका वडाध्यक्षमा कोरोनाको संक्रमण देखिएको हो ।
जेठ २४ गते स्वाब सङ्कलन गरिएको थियो । १६ दिनपछि आएको रिपोर्टमा वडाध्यक्षमा संक्रमण देखिएको छ ।
वडा नम्बर २ मा २ जना, वडा नम्बर ३ का दुई जना, वडा नम्बर ५ का एक जना र वडा नम्बर ६ का सात जनामा कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
योसँगै दाङमा कोरोना संक्रमितको संख्या एक सय ४७ पुगेको छ । संक्रमितमध्ये ४४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।
Published : Monday, 2020 June 22, 5:23 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया