गुल्मीका एक व्यक्तिको कोरोनाबाट मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा गुल्मीका ६९ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिइएको हो ।

प्यारालाइसिसको उपचार गर्न भारत गएका ती व्यक्ति जेठ २५ गते गुल्मी जिल्लाको छत्रकोट वडा नम्बर ५ स्थित निवासमा होम क्वारेन्टाइनमा बसेका थिए ।

ती व्यक्तिको असार ५ गते मृत्यु भएको प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

भैरहवास्थित प्रयोगशालामा नमूना परीक्षण गर्दा ती व्यक्तिमा कोरोना पुष्टि भएको डा.गौतमले बताए ।

कोरोनाबाट मृत्यु भएका व्यक्तिको नेपाली सेनाको सहयोगमा अन्त्यष्टि गरिएको छ ।

Published : Sunday, 2020 June 21, 4:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया