कोरोना र राहतका नाममा राप्ती गाउँपालिकाद्वारा ९० लाख खर्च
मसुरिया । दाङको राप्ती गाउँपालिकाले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन र लकडाउनका बेला राहत वितरणमा मात्रै ९० लाखभन्दा धेरै रकम खर्च भएको जनाएको छ ।
गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल र लेखा अधिकृत धनप्रसाद शर्माले मंगलबार विज्ञप्ति जारी गरेर कोरोनाको नाममा ९० लाख १० हजार ७ सय ७५ रुपियाँ खर्च भएको जनाएका छन् ।
गाउँपालिकाले करीब तीन महिनाभित्र उल्लेख्य रकम खर्च गरेपछि लक्षित समूहसम्म राहतसहितका सामग्री नपुगेको भनेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले आरोप लगाएका छन् ।
जेठ मसान्तसम्म भुक्तानी भइसकेको खर्चअनुसार गाउँपालिकाले प्रथम र दोस्रो चरणमा राहतमा मात्रै ४२ लाख ५७ हजार ८६ रुपियाँ खर्च गरेको जनाएको छ ।
क्वारेन्टीन, आईसोलेशन निर्माण तथा व्यवस्थापनमा राप्ती गाउँपालिकाले १० लाख ७८ हजार १ सय ३४ रुपियाँ खर्च भएको जनाएको छ ।
यात्रु ओसारपसार, ईन्धन, सवारी भाडा खर्चमा २ लाख ३६ हजार २७५ रुपियाँ खर्च विवरण सार्वजनिक गरिएको छ ।
क्वारेन्टीन खाजा, खाना व्यवस्थापनमा १४ लाख ७६ हजार १२० रुपियाँ खर्च भएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजालले बताएका छन् ।
स्वास्थ्य सामग्री व्यवस्थापन र खरिदमा गाउँपालिकाले १८ लाख ८३ हजार ७ सय ५२ रुपियाँ खर्च भएको जनाएको छ ।
गाउँपालिकाले अन्य विविध खर्चमा ७९ हजार ४ सय ८ रुपियाँ खर्च भएको छ ।
राप्ती गाउँपालिकालाई ५ लाख ९१ हजार ७४ रुपियाँ बराबरको जिन्सी, मेडिकल सामग्री तथा खाद्यान्नहरू प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्र सरकारले करीव दश अर्ब कोरोनाका नाममा खर्च भएको भनेर हिसाब सार्वजनिक गरेपछि विरोध हुँदै आएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया