मुस्लिम आयाेगकाे पहलमा भारतमा पक्राउ परेका २८ नेपाली रिहा
काठमाडौं । भारतको उत्तर प्रदेशको न्यायालय मुख्य न्यायिक मजिस्ट्रेट, बागपतले पक्राउ परेका २८ जना नेपाली मुस्लिमहरूलाई रिहाइ गरिदिएको छ ।
लकडाउनको उल्लंघन गरेको अभियोगमा पक्राउ परेका २८ जना नेपालीहरूलाई अदाललते धरौटीमा रिहाइ गरिदिएको हो ।
भारतमा २८ जना नेपाली मुस्लिमहरू पक्राउ परेपछि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले रिहाइका लागि पहल गरेका थिए ।
अध्यक्ष अन्सारीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पक्राउ परेका नेपाली मुस्लिमहरूको रिहाइका लागि विशेष पहल गरेका थिए ।
रिहाइ भएका सबै नेपालीहरू वीरगञ्जतर्फ प्रस्थान गरिसकेका छन् ।
Published : Tuesday, 2020 June 16, 5:39 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया