कांग्रेसले आज कम्युनिस्ट सरकारलाई ज्ञापन पत्र बुझाउँदै

काठमाडौं । कम्युनिस्ट सरकार कोरोना नियन्त्रण गर्न सरकार असफल भएको भन्दै नेपाली कांग्रेसले मंगलबार ७७ जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाउँदै छ ।

कांग्रेसले सात प्रदेशका मुख्य मन्त्रीलाई पनि ध्यानाकर्षण पत्र बुझाउनेछ । विदेशस्थित दूतावासमा जनसम्पर्क समितिमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने कांग्रेसले जनाएकाे छ ।

काठमाडौं जिल्ला अदालत कार्यालय बबरमहलमा १ बजे भेला भएर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कांग्रेसले जनाएकाे छ ।

केन्द्रीय समितिको निर्णयअनुसार कांग्रेसले ७७ जिल्ला, सात प्रदेश र दूतावासमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै छ ।

Published : Tuesday, 2020 June 16, 9:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया