७३ प्रहरी निरीक्षकहरूको सरुवा र पदस्थापन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा र पदस्थापन गरेको छ ।

गृह मन्त्रालयको आइतबार बसेको सचिवस्तरीय बैठकले प्रहरी नायव निरीक्षक (सई)बाट इन्स्पेक्टरमा बढुवा भएकाहरूलाई सरुवा र पदस्थापन गरेको छ ।

बढुवा भएका इन्स्पेक्टरहरूलाई महानिरीक्षक ठाकुर ज्ञवालीले साेमबार दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

Published : Tuesday, 2020 June 16, 6:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया