प्रहरीका ३६ एसपीको सरुवा, प्रचण्डका पूर्व अंगरक्षक हेडक्वाटरमै थन्किए (नाम)
काठमाडौं । नेपाल प्रहरीले ३६ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ ।
प्रधान कार्यालयले सोमबार राति एसपीहरूको सरुवा गरेको हो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्वअंग रक्षक दानबहादुर मल्लाले यस पटक आकर्षक ठाउँ पाएनन् ।
जिल्ला प्रहरी कार्यालय कास्की जान खोजेका एसपी मल्लाको विरोध भएपछि उनलाई प्रहरी प्रधान कार्यालय विशेष ब्युरो नक्सामा थन्काइएको छ ।
अरुण पौडेललाई तनहुँ, उमाप्रसाद चतुर्बेदीलाई हेडक्वाटर, उमाशंकर पञ्जियारलाई सिरहा, ओमप्रसाद अधिकारीलाई चितवनको शिक्षालय, ओमबहादुर रानालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा गरिएको छ ।
डम्बरबहादुर बिकलाई प्रदेश ५ को ट्राफिक प्रहरी कार्यालय बुटव, वीरबहादुर ओलीलाई प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीमा सरुवा गरिएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया