ओलीलाई कोरोना उपचारका लागि लसुन, अदुवा र बेसार उपहार

राजविराज । सप्तरी जिल्लाका स्थानीयले झण्डै दुईतिहाइको बहुमतको सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई उपहार स्वरुप लसुन, अदुवा र बेसार पठाएका छन् ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी आइतबार स्थानीयले ओलीलाई लसुन, बेसार र अदुवा पठाएका हुन् ।

ओलीले कोरोनाबाट बच्न र ईम्युनिटी पावर बढाउन बेसार, अदुवा र लसुन खान संसदको सम्बोधनमार्फत सुझाव दिएका थिए ।

जनतालाई कोरोना भाइरसको संक्रमणबाट बचाउन र कोरोना नियन्त्रणका लागि पहल गर्नुपर्ने बेला ओलीले इम्युनिटी पावरका लागि अदुवा, लसुन र बेसार खान भनेपछि रिसाएका सप्तरीका स्थानीयले ती बस्तुहरू उपहार स्वरुप ओलीलाई पठाएका छन् ।

राष्ट्रभक्त आम नेपाली जनताको तर्फबाट भन्दै सुनिताकुमारी साह, मानती सदा, पुष्पा स्वर्णकार, प्रमिला मण्डल, रामकृष्ण रजक, उपेन्द्र साह, सिधेश्वर साह, अर्जुन यादव र सञ्जीव दासले ज्ञापन पत्र बुझाएका हुन् ।

Published : Sunday, 2020 June 14, 8:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया