पर्वतमा पाँच जनाको शव फेला, पहिराेमा चार जना बेपत्ता
कुश्मा । पर्वत जिल्लामा पहिरो जाँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
आइतबार बिहानसम्म पाँच जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए ।
कुश्मा नगरपापिलका वडा नम्बर ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार राति परेको वर्षासँगै बस्तीमाथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
पहिरोले पुरिएका दीपा थापा र कमला बिकको शब भेटिएको छ । पहिरोमा हराइरहेका चार जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।
शनिवार राति पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शब फेला परेको थियो ।
बेपत्ता हुनेहरूमा सम्राट थापा, विवेक थापा, जेनिस बिक र प्रमिसा बिक रहेका छन् ।
पहिरोमा परेर पशु चौपायाको समेत मृत्यु भएको छ । पहिरो झण्डै तीन सय मिटर माथिबाट झरेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया