संविधान संशोधन भएसँगै भारतको आयो प्रतिक्रिया
काठमाडौं । भारतले आफ्नो क्षेत्रका केही अंशलाई नेपालको नक्सामा समावेश गरेको भन्दै नोटिस गरेको जनाएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ताअनुराग श्रीवास्तवले पत्रकारहरूको जवाफ दिँदै शनिबार भने, ‘हामीले नोटिस ग¥यौं । नेपालको प्रतिनिधि सभाले नेपालको नक्शा बदल्नको लागि संविधान संशोधन विधेयक पारित गरेको छ ।’
‘जसमा भारतीय क्षेत्रको केही अंश समावेश छ’, उनले भने, ‘हामीले यसबारे आफ्नो धारणा स्पष्ट गरिसकेका छौं ।’
‘यो कृत्रिम विस्तार ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित छैन र टेनेबल छैन’, प्रवक्ता श्रीवास्तवले भने, ‘सीमा क्षेत्रका बाँकी मुद्दाहरूको बारेमा वार्ता गर्नु हाम्रो वर्तमान समझदारीको पनि उल्लंघनकारी हो ।’
प्रतिनिधि सभाले नयाँ नक्सासहितको निशान छापसहितको संविधान संशोधन गरेपछि भारतको प्रतिक्रिया आएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया