भक्तपुरका तरुण अध्यक्ष थापालाई ‘कोभिड–१९ हीरो अवाड’ प्रदान
भक्तपुर । नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापालाई अमेरिकामा रहेको एउटा संस्थाले कोरोना भाइरसको संक्रमणका बेला राम्रो काम गरेको भन्दै प्रशंसा पत्र दिएको छ ।
कोरोनाका बेला सामाजिक कार्यमा उल्लेखनीय कार्य गरेको भन्दै ‘कोभिड–१९ हीरो अवार्ड’ उपलब्ध गराइएको हो ।
तरुण दलका अध्यक्ष थापाले भक्तपुर जिल्लामा कोरोनाको संक्रमणका बेला राहत वितरण, जनचेतना फैलाउने कार्य, उद्धार, रक्तदान लगायतका सामाजिक कार्य गर्दै आएका थिए ।
यसअघि पनि अध्यक्ष थापाले जिल्लामा विभिन्न सामाजिक कार्यहरूमा सक्रियताका साथ काम गर्दै आएका छन् ।
Published : Saturday, 2020 June 13, 7:36 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया