नेकपाकै नेता देव गुरुङद्वारा दश अर्बको छानविन माग, तनाबमा खड्गप्रसाद ओली
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले सरकारविरुद्ध सडकमा भइरहेको प्रदर्शन उचित नरहेको टिप्पणी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रमुख सचेतक गुरुङले सरकारविरुद्ध सडकमा भइरहेको प्रदर्शनका सबै मागहरू ठीक नभएको बताए ।
उनले भने, ‘सडकमा उठेका कुराहरू सबै ठीक छैनन् । केही कुरा सहि छन् ।’
‘सरकारले सम्बोधन गर्दै जाला । उपयुक्त र जायज माग छभने सरकारले पूरा गर्छ । अन्यथा गर्दैन’, गुरुङले चेतावनी शैलीमा भनेका छन् ।
खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले दुई महिनामा कोरोना नियन्त्रणको नाममा दश अर्ब खर्च भएको विरोधमा सडकमा युवाहरूले प्रदर्शन गरिरहेका छन् । सो प्रदर्शन उचित नभएको गुरुङको भनाइ थियो ।
दश अर्बको खर्च विवरण छानविन गर्नुपर्छ कि पर्दैन ? भनेर सोधिएको जिज्ञासामा नेकपाका प्रमुख सचेतक गुरुङले भने, ‘दश अर्बको छानबिन गर्नुपर्छ । कुरा उठेका छन् ।’
नेकपाका स्थायी समिति सदस्य समेत रहेका गुरुङले कोरोना भाइरस नियन्त्रणका नाममा भएको दश अर्ब खर्चको छानविन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सदन र युवाहरूले दश अर्ब खर्चको विवरण माग गरेर आन्दोलन चर्काइरहेका बेला नेकपाकै संसदीय दलका प्रमुख सचेतक गुरुङको यो अभिव्यक्तिले ओली सरकार ठूलो दवावमा परेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया