दश खर्बकाे बिराेध नगर्न कम्युनिस्ट मुख्यमन्त्रीकाे चेतावनी, पैसा अझै सिध्याउने घाेषणा
काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य शंकर पोखरेलले कोरोना महामारीमा अहिलेसम्म भएको खर्चका वारेमा अविश्वास गर्ने र प्रश्न उठाउने पंक्ति फराकिलो देखिदै गएको भन्दै असन्तुष्टि जनाएका छन् ।
फेसबुकमार्फत शुक्रबार पोखरेलले असन्तुष्टि जनाएका हुन् । उनले विरोध र असन्तुष्टिले परीक्षण र उपचारमा समेत जटिलता पैदा गरिरहेको बताए ।
‘हो ! खर्च पारदर्शी र विधिसम्मत हुनुपर्दछ । त्यसमा कुनै छुट हुन सक्दैन । संकटका समयमा सामान्य अवस्थाको जस्तो प्रकृयामा अल्झने अवस्था पनि छैन’, उनले भने, ‘त्यसैले खर्च गर्नेहरू जिम्मेवार बन्ने र वाचडगको भूमिकामा रहेकाहरूले धैर्य गर्ने समय हो यो ।’
‘अहिले जति खर्च भएको छ त्यो संकटको सापेक्षतामा निकै कम हो’, कम्युनिस्ट मुख्यमन्त्री पोखरेलले भने, ‘सार्वजनिक भएको हिसाब पनि मोटामोटी अनुमान हो ।’
‘कोरोना परीक्षण र उपचारमा खर्च हुने समय बल्ल शुरु हुँदैछ । यतिवेला सरकारले अझै ठूलो खरिद गरेर थप तयारी गर्नुपर्नेछ ।’
‘अहिलेसम्म संघ, प्रदेश र स्थानीय तहले खर्चको व्यवस्थापन गरेका छन् । खर्च राज्यका स्थायी संरचनाबाट हुने हो’, उनले भने, ‘वास्तविक खर्च त भुक्तानी भएसंगै सरकारी लेखामा देखिने नै छ ।’
‘उपचार र परीक्षणमा संलग्नले पाउनुपर्ने जोखिम भत्ता सायद अहिले नै पाइसकेको अवस्था छैन’, उनले भने, ‘पछि त्यो जोडिदा अहिलेको खर्च बढ्न पनि सक्छ ।’
‘अहिले नै खर्च बढि भयो भनेर अविश्वास गर्ने अनि एकघर एक पीसीआर परीक्षण गर्नुपर्छ भन्ने माग आउनु विरोधाभाषपूर्ण देखिन्छ’, मुख्यमन्त्री पोखरेलले भने, ‘एकघर एक पीसीआर परीक्षण गर्दा परीक्षणमा मात्रै न्युनतम् ५० देखि ६० अर्ब खर्च लाग्न सक्छ ।’
‘अनि रातारात त्यत्रो खर्चको व्यवस्थापन गर्ने प्राविधिक जनशक्ति र सामर्थ्य हामीसंग छ र ?’, उनले प्रश्न गर्दै भने, ‘त्यो असम्भव र अव्यवहारिक कुरा गर्नु हुँदैन ।’
‘खर्चको पारदर्शीताका नाममा उठाइएका यस्ता मागले जनसमुदायलाई नै भ्रमित बनाइरहेको छ’, पोखरेलले भने, ‘परीक्षण र उपचारमा प्रतिकुल असर पु¥याइरहेको छ । हो सम्भव भएसम्म परीक्षणको दायरा बढाउनुपर्छ ।’
‘प्रदेश सरकारहरुले पनि प्रयास गरिरहेकै छन्’, उनले भने, ‘विरोध र असहमतिको यो तरिकाले त्यसमा सहयोग पुर्याउँदैन भन्ने कुरा सबैले बुझ्नु जरुरी छ ।’
‘यति बेला त सचेत पंक्तिले तथ्यको जगमा उभिएर विश्लेषण गर्न सक्नु पर्दछ । हामीभन्दा शक्तिशाली देशहरूले हामीले चाहे जस्तो मात्रै होइन हामीले गरे जस्तो पनि गर्न किन सकिरहेका छैनन्’, उनले भने, ‘नचाहेर वा गैरजिम्मेवार भएर त होइन होला ।’
‘त्यसैले यो समय कसैलाई देखाइदिने र लकडाउनको उकुसमुकुसमा रमाइलो गर्ने समय होइन’, कम्युनिस्ट मुख्यमन्त्री पोखरेलले भनेका छन् ।
‘यो समय सबै जिम्मेवार भएर कोरोनाविरुद्ध मिलेर संघर्ष गर्ने समय हो । कोरोनाको सबैभन्दा ठूलो उपचार रोग लाग्न नदिनु नै हो’, उनले भने, ‘जसले वाहिरी मानिससंगको भेटघाटमा एक मिटरभन्दा बढिको दुरी निरन्तर कायम गर्नसक्छ उ सुरक्षित हुन्छ ।’
‘घर बाहिर जानुपर्दा मास्क अनिवार्य लगाउने, सार्वजनिक ठाउँमा हातले नछुने, छुनुपरेमा सेनिटाइजर गर्नु वा सावुनपानीले मिचिमिचि हातधुनु आवश्यक छ’, उनले भने, ‘यतिवेला सबैले जारी भएका स्वास्थ निर्देशनलाई अनिवार्य पालना गर्नसक्दा कोरोनाविरुद्धको लडाइ लड्न धेरै सजिलो हुनेछ ।’
‘सचेत पंक्ति सुरक्षित रह्यो भने बिरामीका लागि परीक्षण र उपचार अहिलेकै अवस्थामा पनि सहज हुनेछ’, उनले भने, ‘एक जना सकृय व्यक्ति संक्रमित हुनु भनेको औसतमा २०देखि २५ जनासम्मको थप परीक्षण गराउने अवस्था सिर्जना गर्नु हो । थप खर्च बढाउनु हो । संकटको समयमा यस्ता कुरामा पनि ध्यान पु¥याउने कि ।’
कम्युनिस्ट सरकारले लकडाउनको दुई महिनामा कोरोनाका नाममा दश अर्ब सिध्याएपछि विरोध भइरहेको छ । विरोधको कम्युनिस्ट मुख्यमन्त्रीलाई चित्त नबुझेपछि फेसबुकमा त्यसको प्रतिबाद गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया