कम्युनिस्ट सरकारविरुद्ध घोराही, बुटवल र पाल्पामा पनि प्रदर्शन

घोराही । कम्युनिस्ट सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथाम गर्न असफल भएको भन्दै काठमाडौंसहित विभिन्न जिल्लाहरूमा शुक्रबार पनि प्रदर्शनहरू भएका छन् ।

घोराह, पाल्पासहितका स्थानमा शुक्रबार प्रदर्शन भएको छ । काठमाडौंमा पनि प्रदर्शन भएको छ । बुटवलका स्थानीय युवाहरूले पनि शुक्रबार प्रदर्शन गरेका छन् ।

स्वस्फुर्त रूपमा सडकमा उत्रिएका युवाहरूले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । यसअघि काठमाडाैंमा बिहीबार भएकाे प्रदर्शनमा प्रहरीले दमन गरेकाे थियाे ।

प्रदर्शनकारीले लकडाउनको विरोध गर्दै कोरोनाका नाममा खर्च भएको दश अर्बको हिसाब किताब माग गरेका छन् ।

Published : Friday, 2020 June 12, 12:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया