गगनले कालापानीबाट भारतीय सेना हटाऔँभन्दा ओली र नेकपाका सांसदहरूबाट भव्य स्वागत
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संविधान संशोधनको प्रस्तावप्रति नेपाल सरकारलाई धन्यावाद दिएका छन् ।
संसदको मंगलबार बसेको बैठकमा संविधान संशोधनको पक्षमा बोल्दै थापाले नयाँ नक्सा समावेश गरेर जारी भएको नक्सा र संविधान संशोधनप्रति सरकारलाई धन्यावाद दिएका हुन् ।
संसदमा गम्भीर भएर सुनिरहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले अन्तिममा कुर्सीमा ताली बजाएर थापालाई धन्यावाद समेत दिएका छन् । कांग्रेसका सांसद थापाले बोल्दै गर्दा नेकपाका सांसदहरूले पटक–पटक टेबल ठोकेर प्रशंसा र स्वागत गरेका थिए ।
‘कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपालको होइन भनेर बोल्नुपर्दैन’, थापाले भने, ‘इतिहास बोल्छ । प्रमाण बोल्छ ।’
‘यति हुँदा हुँदै पनि लामो समय नेपाल–भारतबीचको विवादको विषय भइरह्यो’, उनले भने, ‘कातिक १६ गते भारत सरकारले एकतर्फी रुपमा सीमा विवाद रहेको भू–भागलाई आफ्नो नक्सामा सामेल गर्दै आफ्नो देशको सीमाको स्टाटस परिवर्तन गरे पछाडि पछिल्लो अवस्था सिर्जना भएको छ ।’
भारतको त्यो कार्यपछि नेपाल सरकार र नेपाली कांग्रेससहित सबै पार्टीहरू बोलेको उनले बताए । ‘सबैभन्दा महत्वपूर्ण संसदको राज्य व्यवस्था समिति बोल्यो । सरकारलाई निर्देशन दियो । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बाल्यो । सरकारलाई निर्देशन दियो’, थापाले भने, ‘यति गर्दा पनि भारत सरकारले वार्ता गर्ने कुरा धेरै परको कुरा, उल्टो वैशाख २६ गते बाटोको उद्घाटन गर्यो ।’
‘नेपालले फेरि अनुरोध गर्यो । आज अष्ट्रेलियासँग वार्ता गर्ने । चीनसँग वार्ता गर्ने । भारतले भन्यो कोरोना पछाडि वार्ता गरौँला भन्यो’, उनले भने, ‘त्यसपछि फेरि संसदले प्रधानमन्त्रीलाई बोलाएर सरकारलाई बोलाएर भन्यो, यो तिम्रो दायित्व हो, पूरा गरेर नक्सा ल्याउ भन्यो । अन्ततः सरकारले ल्यायो । सरकारलाई धन्यावाद ।’
‘यो सबै तिथिमिती बिर्सिएर भारत कोही स्वनामधन्य नेपाल विज्ञहरूले कहिले काँही कसैले उक्साएर यो गर्यो भन्छन्’, उनले भने, ‘तिनलाई तिथिमिती सम्झाउनुपर्नेछ ।’
‘देशभित्रका केही अतिवादीहरूले एउटा नेताको दैविक साहसको परिणाम हो भन्छन् । तिनलाई पनि सम्झाउनुपर्नेछ’, कांग्रेसका सांसद थापाले भने, ‘संसदमा दुई वटा संकल्प प्रस्ताव संसदमा दर्ता छ । कांग्रेस र नेकपाका सांसदको प्रस्ताव । एउटै बनाऔँ । नक्सा संशोधनसँग सँगै यो भूमिबाट विदेशी सेनापनि पठाएर छाड्छौँ भन्ने संकल्प पनि यो संसदबाट संकल्प गरौँ र भनौँ । सरकारलाई पूरा हाम्रो साथ रहन्छ ।’
सरकार खुट्ट नकमाउ । गफ मात्रै होइन काम पनि गर’, उनले भने, ‘संसदप्रति जवाफदेही होउ भनेर भन्ने प्रस्ताव पनि सँगै पारित गरौँ ।’
‘यो भू–भागमा ईफेक्टिभ स्वभरेन्टी कन्ट्रोल राख्नको लागि गाह्रो छ । तर, असंभव छैन’, थापाले भने, ‘यसका निम्ति उत्तेजना र आवेग होइन, साहस र संयमता चाहिएको छ । डिम्लोम्याटिक पोस्चर विनम्र हुन आवश्यक छ । हाम्रो अडानमा सुदृढ रहने, सँगसँगै तयारी पनि गर्नुपर्नेछ ।’
थापाले कुटनैतिक वार्ताको तयारीका बारेमा प्रधानमन्त्रीले सदनलाई जानकारी गराउन पनि आग्रह गरेका छन् ।
‘मोटा जोगाउन कुरामा प्रधानमन्त्रीलाई पूरा साथ छ । सँगसँगै मोटो जोगाउँदै गर्दा मानिसका बारेमा भुल्न पाउनु हुन्न भन्ने कुरा भन्न नछाडौँ’, थापाले भने, ‘मान्छेको बारेमा कुरा गर्दा माटो केही पनि होइन भन्ने कुरा केही पनि होइन भन्ने कुरा कसैले पनि नगरौँ ।’
‘जसरी आज नक्साका सन्दर्भमा सिङ्गो देश, के मधेस, के पहाड सबै राजनीतिक दल एक ठाउँमा उभिएका छौँ’, उनले भने, ‘भोलि यो भू–भागबाट विदेशी सेना फिर्ता पठाउन पनि एक ठाउँमा उभिन्छौँ भन्ने प्रण हामी सबैले गरेका छौँ । यो ताकतलाई सकारात्मक रुपमा लिएर सरकारले यो जिम्मेवारी पूरा गरोस् । सँगै उभिएका छौँ । सँगै उभिने छौँ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया