रुपन्देहीमा हत्या भएका पाँच जनाको सनाखत

बुटवल । रूपन्देही जिल्लामा सामूहिक हत्या भएका पाँच जनाको पहिचान खुलेको छ ।

रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा सोमबार राति पाँचजनाको हत्या भएको थियो ।

हत्या हुनेमा सात वर्षका करण चौधरी, १७ वर्षका आशिष चौधरी, ३५ वर्षका जानकी मुसहर, ४० वर्षका माधव मुसहर र १४ वर्षका पोषराज मुसहर रहेको प्रहरीले जनाएको छ । माधव र जानकी श्रीमान–श्रीमती हुन् ।

कान्छीबजारका कृष्ण पुनको भैँसी फर्ममा काम गर्ने सुर्खेतका धसेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने उनीहरूको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

हत्या आरोपी सिंजालीलाई प्रहरीले मंगलबार बिहान तिलोत्तमा–१० बाट पक्राउ गरेको छ ।

गोठमा काम गर्ने पाँचजनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

Published : Tuesday, 2020 June 9, 10:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया