तरुण दलद्वारा लमजुङको क्व्होलासोथारमा राहत वितरण
बेसीशहर । नेपाल तरुण दल लमजुङले लकडाउनका कारण समस्यामा परेका १ सय घर परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
तरुण दलले क्व्होलासोथार गाउँपालिका वडा नम्बर ५ सिङ्दिका १०० घर परिवारलाई राहत बितरण गरेको हो ।
राहतका लागि तरुण दलका अध्यक्ष ललित गुरुङले आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार, कांग्रेस नेता तथा मध्यनेपाल नगरपालिका प्रमुख रमेश पाण्डेले ३२ हजार, वडा नम्बर ७ का गगन घिमिरेले १६ हजार र अध्यक्ष ललित गुरुङकी आमाबुवाले बाँकी रकम आर्थिक सहयोग गरेका थिए ।
तरुण अध्यक्ष गुरुङ, नेविसंघ कास्कीका निवर्तमान अध्यक्ष विकास थापा, कांग्रेसका वडा ईकाइ सभापति टेकबहादुर गुरुङ, उप–सभापति मन्द्रराज गुरुङ, सचिव मीनबहादुर गुरुङ, वडाध्यक्ष गीतबहादुर गुरुङ, शिक्षक संघका नि बर्तमान सदस्य चन्द्रमान गुरुङ, पूर्व आमा समाजकी अध्यक्ष खिममाया गुरुङ, तरुण सदस्य सूर्यबहादुर गुरुङलगायतको सहभागिता रहेको थियो ।
तरुण दलका अध्यक्ष ललित गुरुङले आफ्नो जन्मथलोको धेरै माया रहेको बताउँदै लकडाउनले समस्यामा परेकाहरूलाई खाद्यान्न सहयोग गरेको बताए ।
बेशिसहरदेखि आफ्नो गाउँसम्म अझै पनि बाटो बन्न नसकेको भन्दै उनले दुःख व्यक्त गरे । अध्यक्ष गुरुङले कांग्रेसले बाटो बनाउन अब पहल गर्ने समेत उल्लेख गरे ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया