‘रोशनी काण्ड’पछि रोल्पामा यस्तो अवस्थामा देखिए महरा
लिवाङ । रोशनी शाही बलात्कार काण्डपछि गुमनाम रहेका पूर्वसभामुख कृष्णबहादुर महरालका छोरा निर्मल महराले आफ्ना बाबुले हलो जोत्दै गरेको तस्बिर सार्वजनिक गरेका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद समेत रहेका महराले रोल्पाको लिवाङस्थित आफ्नो पुख्र्यौली बारीमा हलो जोत्दै गरेका तस्बिरमा देखिएको छ । महराको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
सार्वजनिक कार्यक्रमहरूमा धेरै जान छाडेका महरा दाङ क्षेत्र नम्बर २ का कार्यक्रमहरूमा फाट्फुट देखिने गरेका छन् । घोराहीको पनौरामा रहेको भव्य घरमा बस्ने गरेका महरा एकाएक रोल्पाको लिवाङमा रहेको आफ्नो पुख्र्यौली जग्गा जोत्न पुगेका हुन् ।
महराले आफूलाई रोशनी शाही काण्डबाट बाहिर निकाल्नका लागि मन बहलाउन हलो जोतेको चर्चा सामाजिक सञ्जालमा भइरहेको छ ।
महराले हलो जोत्दै गर्दा उनकी पत्नी छोरा, आफन्त र सुरक्षा अंग (पीएसओ)ले नजिकै डिलमा बसेर हेरेको तस्बिर र भिडियोमा देखिन्छ ।
संसदमा बजेटमाथि छलफल भइरहेको छ । तर, नेकपाका सांसद महरा भने रोल्पातिर आइपुगेका छन् ।
तत्कालीन समयमा संसद सचिवालयमा काजमा रहेकी स्वास्थ्यकर्मी रोशनी शाहीले महरालाई बलात्कार काण्डमा मुछेकी थिइन् । शाहीले पछि बयान फेरेपछि काठमाडौं जिल्ला अदालतबाट बलात्कार अभियोगमा महराले सफाइ पाएका थिए ।
दशैँभन्दा केही दिन अगाडि असोज १९ गते पक्राउ परेपछि महरा लामो समयसम्म डिल्लीबजार कारागारामा बसेका थिए ।
उनले फागुन ५ गते जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया