अबरोध छिचोल्दै कांग्रेस नेता चापागाइँद्वारा भोजपुरका ३५ विद्यार्थीको उद्धार

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले भोजपुर घर भएका ३५ जना विद्यार्थीको उद्धार गरेका छन् ।

काठमाडौं उपत्यकामा रहेका ३५ जना विद्यार्थी र उनीहरूका आफन्तलाई चापागाइँले आइतबार उद्धार गरेर काठमाडौंबाट भोजपुर जिल्ला पठाएका हुन् । भोजपुर पुगेका उनीहरूलाई क्वारेन्टिनमा राखिएको छ ।

युवा नेता चापागाइँले ती व्यक्ति र आफन्तहरूलाई शनिबार बस बनाएर काठमाडौंबाट भोजपुरतिर पठाएका थिए । तर, प्रहरीले भक्तपुरको साँघामा रोकेर पुनः काठमाडौं फिर्ता पठाइदिएको थियो ।

उनीहरूलाई स्थानीय प्रशासन, प्रहरी र सम्बन्धित निकायसँग कुरा गरेर तरुण दलका उपाध्यक्ष चापागाइँले आइतबार भोजुपर पठाएको जनाइएको छ ।

काठमाडौंबाट पठाइएका उनीहरूलाई षडानन्द नगरपालिकाको वडा नम्बर १ को षन्त मावि र दिङ्ला तथा साल्पा सिलिछो गाउँपालिकाको क्वरेन्टिानमा राखिएको षडानन्द नगरपालिका वडा नम्बर १ का वाडाध्यक्ष रामेश्वर भण्डारीले जानकारी दिए ।

३५ जनालाई काठमाडौंबाट भोजपुर पठाउने क्रममा सहयोग गर्ने समाजसेवी समेत रहेका क्याप्टन रमेश श्रेष्ठसहित प्रहरी, प्रशासन र सरोकारवाला निकायलाई चापागाइँले धन्यावाद दिएका छन् ।

Published : Sunday, 2020 June 7, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया