कोरोना रोकथामभन्दा कम्युनिस्ट सरकारले आतंक सिर्जना गर्योः बलकृष्ण खाँण
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कोरोना भाइरस रोगको रोकथाम, न्युनीकरण र उपचारमा जिम्मेवार हुनुको साटो जनतालाई आतंकित पार्ने कार्य गरेको आरोप लगाएका छन् ।
कांग्रेसका प्रमुख सचेतक खाँणले बुधबार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘कम्युनिस्ट सरकार जति गम्भीर एवं जिम्मेवारीपूर्वक ढंगबाट कोरोना रोगको रोकथाम, न्यूनिकरण तथा उपचारका लागि तत्पर हुनुपर्ने हो तर त्यसो नभई दिनानुदिन एक पछि अर्को जनतालाई आतङ्कित गर्ने कार्य गर्दै आइरहेको छ ।’
‘सरकार जनताप्रति अनुत्तरदायी भएको कारण सरकारको कार्य क्षमतामा प्रश्न चिन्ह खडा भएको छ’, उनले भने, ‘सरकार दिनप्रति दिन असफल हुँदै गइरहेको छ ।’
‘लकडाउनको कारण देशका सम्पूर्ण उद्योग, कलकारखाना, पर्यटन, यातायात क्षेत्र लगायत शैक्षिक संस्था ठप्प छन्’, उनले भने, ‘त्यसका अलवा अन्य व्यवसाय, बैंक, वित्तिय तथा सहकारी संस्था तथा निजी अस्पताल सञ्चालनमा ठूलो कठिनाई भइरहेको छ ।’
‘सम्पूर्ण आर्थिक कारोबार बन्द रहेको छ । यस्तो विषम र असहज परिस्थितिमा पनि सरकारले लकडाउनको सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठ हो’, उनले भने ।
‘सरकारको यस कार्यप्रति कांग्रेस संसदीय दल घोर भर्त्सना गर्दछ’, खाँणले भने, ‘कोरोना रोगको कारण बन्द भएका साना देखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकहरुका लागि सरकारले विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसको विपरित करका लागि ताकेता गर्नु भनेको वर्तमान सरकार आम नेपाली नागरिकप्रति उदासीन रहेको प्रष्ट भएको छ ।’
‘आमनागरिकलाई पीडामाथि पीडा थप्ने कार्य अत्यन्त निन्दनीय छ’, उनले भने, ‘तसर्थ सरकारको यस गतल कदमलाई तत्काल सच्चाउनको लागि नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ ।’
‘सुरक्षित रहन र सुरक्षाको प्रत्याभुति दिलाउनु राज्यको प्रमुख दायित्व हो’, उनले भने, ‘जनतालाई पीडामाथि पीडाको अनुभूति नदिन खबरदारी गर्दछ ।’
विगत ७० दिनभन्दा बढी समयदेखि कोरोना भाईरसको कारण सरकारले मुलुकभर लकडाउन) गरिरहेको अवस्था छ । यस अवधिमा जनतालाई राहत दिने बेला कम्युनिस्ट सरकारले कर तिर्न ताकेता गरेर आतंक सिर्जना गरेको खाँणको भनाइ छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया