कांग्रेसको कार्यसमिति बैठक बस्दै, संशोधनबारे निर्णय हुने

काठमाडौं । संविधान संशोधनका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आज (शनिबार) कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कार्यसमितिको बैठक दिउँसो एक बजेट पार्टी मुख्यालयमा बस्नेछ ।

बैठकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सासम्बन्धी संविधान संशोधनका विषयमा छलफल र निर्णय हुने शर्माले बताए ।

कांग्रेसले संविधान संशोधनमा आधिकारिक धारणा सार्वजनिक गर्न कार्यसमितिको बैठक बोलाएको हो ।

कांग्रेसले संविधान संशोधनलाई सहयोग गर्ने सकारात्मक सन्देश यसअघि दिइसकेको छ ।

दुई दिन अगाडि प्रवक्ता शर्माले पत्रकार सम्मेलन गरेर सरकारले संविधान संशोधन प्रस्ताव अगाडि बढायो भने सरकार राष्ट्रियताको विषयमा पछाडि नहट्ने साथ दिने बताएका थिए ।

Published : Saturday, 2020 May 30, 6:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया