नेपालको नयाँ नक्साले भारतलाई झट्का, अब विद्यालयमा पढाइ हुने

काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेका बेला नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ ।

मन्त्रिपरिषदको बैठकले भूमिसुधार मन्त्रालयद्वारा पेस गरिएको नयाँ नक्सा पास गरेको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिए ।

नयाँ नक्सामा संघीयताअनुसारका संरचना राखिएको छ । अब विद्यालयमा नयाँ नक्साको पढाइ हुनेछ । नयाँ नक्सा छापसहितका सार्वजनिक प्रयोगमा ल्याइनेछ ।

बैठकमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्यालले नक्सा पेश गरेकी थिइन् ।

नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको छ ।

गत जेठ २ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भू–भाग समेटेर नयाँ नक्सा जारी गर्ने प्रतिवद्धता गरेको थियो ।

यसअघि भारतले नेपालको लिपुलेक जोडेर चीनको मानसरोवर जाने सडक बनाएको भन्दै तीव्र आलोचना हुँदै आएको थियो ।

कालापानीमा भारतीय सेना बसेको छ । त्यति मात्रै होइन कालापानी, लिपुलेक क्षेत्रमा सडक भारतले नेपाली भूमि कब्जा गरेर सडक समेत बनाएको छ ।

Published : Monday, 2020 May 18, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया