भरतपुर महानगरका वडा सदस्य एवम् तरुण दलका पूर्वसचिव पाठकको निधन
भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ का वडा सदस्य प्रेम शर्मा पाठकको निधन भएको छ ।
नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित पाठकको जेठ ५ गते सोमबार भरतपुरमा उपचारका क्रममा निधन भएको हो ।
नेपाल तरुण दल चितवनका पूर्वसचिव समेत रहेहका पाठकको निधनप्रति चितवन कांग्रेसले दुःख व्यक्त गरेको छ ।
पाठकको पार्थिव शरीरमा चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।
वडा सदस्य पाठकको निधनप्रति शोक मनाउन भरतपुर महानगरपालिकाले शोक मनाउन जेठ ६ गते मंगलबार सार्वजनिक विदा दिएको छ ।
Published : Monday, 2020 May 18, 7:19 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया