नेपाल–भारत सिमानामा प्रहरी र सशस्त्रलाई खटाइने, मान्छे छिर्न नदिइने
काठमाडौं । सरकारले नेपाल–भारत सिमानामा कडाइ गर्ने निर्णय गरेको छ ।
कारागार, विकास निर्माण आयोजनालगायतका महत्वपूर्ण संरचना सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने निर्णय सरकारले गरेको छ ।
ती स्थानमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा पठाइनेछ ।
आइतबार गृह मन्त्रालयमा बसेको बैठकमा प्रहरीलाई कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सीमा नाकामा खटाउने निर्णय भएको हो । बैठकमा गृहमन्त्री रामबहादुर थापाले सिमानामा कडाइ गर्न निर्देशन दिएका थिए ।
गृहमन्त्री थापाले कोरोना संक्रमणको केन्द्र चीन, युरोप अमेरिका हुँदै अब दक्षिण एसियातर्फ बढ्न लागेको भन्दै खुला सीमा रहेका कारण नेपालले अब विशेष सावधानी अपनाउन आवश्यक रहेको बताए ।
उनले सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया