नेपालगञ्जमा एकैदिन १५ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालगञ्जमा १५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

एकैदिन १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि नेपालगञ्जमा उच्च सर्तकता अपनाइएको छ ।

संक्रमित संख्या ह्वात्तै बढेपछि उपचार र परीक्षणमा थप जनशक्ति आवश्यक रहने भन्दै केन्द्र सरकारसँग सो माग गर्ने निर्णय भएको नेपालगन्जका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिएका छन् ।

उनले थप विशेषज्ञ, कन्ट्याक्ट ट्रेसिङ गर्ने जनशक्ति, ल्याब प्राविधिक आवश्यक सहोग माग गरिएको बताए ।

उपाध्यायले संक्रमित संख्या वृद्धि भएसँगै थप व्यक्तिको परीक्षण गर्नपर्नेभन्दै परीक्षणका लागि चाहिने सामग्री पनि मगाइने बताएका छन् ।

संक्रमित रहेका वस्तीमा आवतजावत निषेध गर्ने र लकडाउन समेत कडाइ गरिनेछ ।

संक्रमित सबै १५ जनालाई सुशील कोइराला क्यान्सर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

वीरगन्जका एकजना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

उनलाई नारायणी अस्पताल भर्ना गरिएको छ । योसँगै नेपालमा कोरोना संक्रमित संख्या ७५ पुगेको छ ।

Published : Sunday, 2020 May 3, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया