नेपालको आन्तरिक मामिलामा चीनले हात हाल्यो
काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई पदबाट राजीनामा दिन दवाव सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र दवाव परिरहेका बेला चीनले चासो देखाएको छ ।
बिहीबार राति बालुवाटारमा कम्युनिस्ट प्रधानमन्त्री ओलीलाई झण्डै दुई घण्टा गोप्य रुपमा भेटेकी नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले शुक्रबार नेकपाका दुई शीर्ष नेतालाई अलग–अलग भेट गरेकी छिन् । स्रोतका अनुसार ओली र राजदूत यान्छीबीच नेपालको पछिल्लो राजनीति र नेकपाभित्रको विवादका विषयमा कुराकानी भएको उच्च स्रोतले जनाएको छ ।
चिनियाँ राजदूत यान्छीले नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ललितपुरको खुमलटारस्थित निवासमै पुगेर भेटेकी हुन् ।
त्यसपछि उनले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वरस्थित निवासमा भेटेका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् ।
ओलीसँगको भेटपछि नेकपाका शीर्ष दुई नेता प्रचण्ड र नेपालसँग राजदूत यान्छीले भट्नुलाई राजनीतिक विश्लेषकहरूले नेपालका आन्तरिक राजनीतिमा चीनको प्रवेशका रुपमा विश्लेषण गरेका छन् ।
ओली सरकार संकटमा परेका बेला नेपालका लागि चिनियाँ राजदूत यान्छीको राजनीतिक भेटघाटलाई नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप भन्दै आलोचना भएको छ ।
चीनले पछिल्लो समय नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै आएको छ । चीनकै दवावमा तत्कालीन एमाले र माओवादीबीच पार्टी एकीकरण भएर नेकपा बनेको चर्चा छ ।
केही दिन अगाडि राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट गरेकी थिइन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया