शुक्रबार दुई जना संक्रमित भेटिए, ५९ पुग्यो संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसका दुई जना नयाँ संक्रमित भेटिएका छन् ।

रुपन्देही र बाँकेमा एक–एकजना गरि दुई जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता समिरकुुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार भेटिएका दुई संक्रमितसँग नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ५९ पुगेको छ ।

कोरोना भाइरस भेटिएकामा रुपन्देही जिल्ला निवासी २५ वर्षीय युवक छ ।

अर्का संक्रमित बाँके जिल्लाको नेपालगञ्ज निवासी ६० वर्षीय पुरुष रहेको सहप्रवक्ता अधिकारीले बताएका छन् ।

उनीहरू दुबै जनाको स्वास्थ्य सामान्य रहेको छ । दुबैलाई चिकित्सक र स्वास्थ्यकर्मीहरूको निगरानीमा उपचार भइरहेको छ ।

Published : Friday, 2020 May 1, 2:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया