फेसबुकमा प्रचण्डलाई गाली गर्ने प्रधानमन्त्री ओलीका मान्छे पक्राउ
काठमाडौं । प्रहरीले रेडियो नेपालका सञ्चालक समितिका सदस्य दीपक पाठकलाई पक्राउ गरेको छ ।
बिहीबार बिहान प्रहरीको साइबर ब्यूरोले पाठकलाई काठमाडौंबाट पक्राउ गरेको हो । स्थायी घर झापा भएका पाठक झण्डै दुईतिहाइको बहुमतको सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली निकट मानिन्छन् । ओलीकै सिफारिसमा पाठक रेडियो नेपालको बोर्ड सदस्यमा नियुक्ति भएका थिए ।
पाठकले नेकपाका दोस्रो तहका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामाजिक सञ्जाल फेसबुकमा गालीगलौज गरेको अभियोगमा प्रहरीले पाठकलाई पक्राउ गरेको हो ।
पाठकले केही दिनदेखि लगातार फेसबुकमार्फत प्रचण्डलाई अशिष्ट र अमर्यादित गाली गरको विषयमा उजुरी परेपछि प्रहरीले घरैबाट पक्राउ गरेको जनाएको छ । पाठकमाथि साइबर क्राइमको अभियोग छ ।
अध्यक्ष प्रचण्डका तर्फबाट प्रेस सल्लाहकार विष्णु सापकोटाले छानविन र कारवाहीका लागि प्रेस काउन्सिलमा केही दिनअघि उजुरी पनि दायर गरेका थिए ।
काउन्सिलले छानविनपछि कारवाहीका लागि सञ्चार तथा सूचना, प्रविधि मन्त्रालयमा पत्राचार गरेको थियो । मन्त्रालयले पाठकलाई यो विषयमा स्पष्टीकरण समेत सोधेको थियो ।
काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रष्ठले पाठकविरुद्ध उजुरी परेको, आचारसंहिताबारे अध्ययन गरेको जनाउँदै बाँकी कारवाहीका लागि सम्बन्धित निकायमा पठाइएको जानकारी दिए ।
ओली पहिलो पटक प्रधानमन्त्री बनेका बेला पाठकलाई ओलीकै सिफारिसमा प्रेस काउन्सिल नेपालको सदस्यमा पनि नियुक्ति गरिएको थिए । विभिन्न मुद्धा लागेका पाठकलाई काउन्सिलबाट हटाइएको थियो ।
सामाजिक सञ्जालमा जथाभावी लेखेको अभियोगमा साइबर अपराधको अभियोग लगाउँद प्रहरीले विभिन्न व्यक्तिहरूलाई पक्राउ गर्दै आएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया