लकडाउनका बेला महोत्तरीमा चार जनाको मृत्यु

जनकपुरधाम । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका वडा नम्बर ७ चार जनाको मृत्यु भएको छ ।

दुई दिनमा एउटै गाउँका चार जनाको रहस्यमय मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउन भइरहेका बेला चार जनाको मृत्यु भएपछि स्थानीयहरू डराएका छन् ।

मेघनाथ गोरहन्ना गाउँमा मंगलबार र बुधबार चार जनाको मृत्यु भएको वडाध्यक्ष वासुदेवसिंह थारुले जानकारी दिए ।

स्थानीय ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र ५२ वर्षीय गंगाराम सदाको मृत्यु भएको वडाध्यक्ष थारुले बताए ।

वडाध्यक्ष थारुले चार जनाको मृत्युको कारण आफूहरूलाई थाहा नभएको बताएका छन् ।

प्रहरीले मृतक लालबाबु सिंहको शव बुधबार जलाउनुअघि नियन्त्रणमा लिएर परीक्षणका लागि अस्पताल पठाएको छ ।

Published : Wednesday, 2020 April 29, 6:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया