नेकपाभित्र भाँडभैलो भएका बेला कृष्णबहादुर महराले कसलाई दिए साथ ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवम् स्थायी समिति सदस्य कृष्णबहादुर महराले पार्टीभित्रको आन्तरिक द्वन्द्वप्रति चिन्ता जनाउँदै सहमति र सहकार्यबाट अगाडि बढ्न अपील गरेका छन् ।
महराले बुधबार बिहान विज्ञप्ति जारी गरेर अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको जनाएका छन् ।
‘हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरसविरुद्ध संघर्ष गर्ने बेला हो’, महराले विज्ञप्तिमा भनेका छन्, ‘मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेका छन् ।’
‘यस्तो जटिल अवस्थामा दलहरूबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन’, उनले भने, ‘दलहरूबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडि बढ्न म हार्दिक अपील गर्दछु ।’
महराले देश अहिले लकडाउनको अवस्थामा रहेको भन्दै अहिले मुलुकको अर्थतन्त्र निकै धराशायी अवस्थामा पुगेको समेत जनाएका छन् ।
सत्तारुढ नेकपाभित्र दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालसहितका नेताहरू प्रधानमन्त्री खड्गप्रसाद ओलीको राजीनामा माग गरिरहेका बेला महराले राष्ट्रिय एकता अपरिहार्यको कुरा उठाएका छन् ।
महराले घुमाउरो भाषामा दोस्रो तहका अध्यक्ष प्रचण्डलाई साथ दिँदै राष्ट्रिय एकताको अपहरिहार्यताको विषयमा आग्रह गरेका हुन् । राष्ट्रिय एकताको कुरा प्रचण्डले उठाउँदै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया